मेराे कर्तब्य मेराे अध्ययन || गजल || अनिल गुर्धामी

💐🌾✍️🌺🥀मेराे कर्तब्य र मेराे जीम्मेवारीकाे हर खुसी र सारथी💐🌾✍️🌺🥀

 आँखा भरि हजाराै सपना बाेकेर स्कुल गईरहेकाे हुन्छु।

आफ्नाे भबिष्यकाे बाटाे हेर्दै अध्ययन गरिरहेकाे हुन्छु।

मनमा हजाराै कुराले डेरा जमाई रहन्छ  हर समय ,

आफ्नाे सुनाैलाे भबिष्य बनाउन स्कुल गईरहेकाे हुन्छु।

सफलता पाउला या नपाउला मेराे प्रयास अनबरत रहनेछ,

आमा बुवाका सपना पूरा गर्न निरन्तर लागिरहेकाे हुन्छु।

सबैकाे स्रिष्ठी र दृष्टिमा एक असल पात्र बन्नकै लागि,

निन्द्रा भाेक थकान नभनी निरन्तर अभ्यास गरिरहेकाे हुन्छु।

गरिब बिपन्न दु:खीहरुकाे जीवन सहज बनाउनकै लागि,

अहाेरात्र सधै अनुशासित भई अध्ययन गरिरहेकाे हुन्छु।

                             ✍️✍️अनिल गुर्धामी बझाङ✍️  

                        ✍️केदार स्यु गाउँपालिका ६ थापागाउँ✍️


Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी